Saturday, January 18, 2025
Home > मुख्य समाचार > आर्थिक तरलता छैन : अर्थमन्त्री

आर्थिक तरलता छैन : अर्थमन्त्री

संघीय सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले बजारमा आर्थिक तरलताको संकट नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज विहान सञ्चारकर्मीसंग कुराकानी गदै उहांले तरलताको सामान्य समस्या देखिएपनि संकटको अवस्था नभएको दाबी गर्नुभयो । उहांले दशैं लगायतको चाडपर्वका कारण सर्वसाधारणले खुद्राखुद्री साटेको र घरमा रकम संचित गरेकाले आर्थिक तरलतामा सामान्य समस्या देखिएको स्पष्ट गर्नुभयो । अर्थमन्त्री खतिवडाले ७ प्रतिशत मात्र विकास खर्च भएकाले समेत बजारमा आर्थिक तरलता भएको भनाईमा पनि सत्यता नरहेको बताउनुभयो । उहांले प्रदेश र स्थानिय तहमा गएको बजेट बाणिज्य बैंकहरुमा डिपोजिट गर्ने ब्यवस्था गरिएकाले खर्च नभएपनि तरलतालाई संकुचित नगर्नेगरि ब्यवस्था गरिएको जानकारी दिनुभयो । मन्त्री खतिवडाले संघीय वित्तिय संहिता लागु भएको पहिलो बर्षको चौथो महिना मात्र भएकाले समयअनुसार आर्थिक क्षेत्र सहज हुंदै जाने बताउनुभयो । उहांले दोहोरो करको बिषयमा धेरै स्पष्टतता आइसकेको बताउदै प्रदेश र स्थानीय तहले आ–आफ्नो अधिकार प्रयोग गर्ने बिषयमा समेत बुझाई स्पष्ट हुंदै जाने विचार ब्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *