Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > आज हरिबोधनी एकादशी

आज हरिबोधनी एकादशी

आज हरिबोधनी एकादशी । भगवान विष्णुको पूजा आराधना गरी भक्तिभाव पूर्वक मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने भएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महीना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । अर्को पौराणिक मान्यताअनुसार अषाढ शुक्ल एकादशीको हरिशयनीदेखि आज कार्तिक शुक्ल हरिबोधनी एकादशीसम्म चार महिना भगवान विष्णु शेषमा शयन गर्नुहुने भएकाले यस अवधिमा गरिएको चतुर्मास ब्रतको अनुष्ठान आजकै दिनदेखि समाप्त भएको मानिन्छ । अषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसीलाई विशेष रुपले पूजा गरी आज विवाह गरिदिनेसमेत चलन छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यसदिन तुलसीको विवाह गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *