Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > आज विश्व अपाङ्गता दिवस

आज विश्व अपाङ्गता दिवस

काठमाडौ, १७ मंसिर । २७ औं विश्व अपाङगता दिवस् नेपालका पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष डिसेम्बर ३मा मनाईने यो दिवस नेपालले पनि हरेक वर्ष मनाउँदै आएको छ । यसै अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नयाँ संविधानले अपांगता भएका व्यक्तिहरुको हक, अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले समाजमा पछाडि परेका अपांगलगायतका समुदायको हित र उत्थानका लागि सरकारले संवेदनशील भएर काम गरिरहेको दावी पनि गर्नु भयो । राष्ट्रिय जनगणना अनुसार नेपालमा हाल ५ लाख अपांगता भएका व्यक्तिहरु छन । उनीहरुको उत्थानका निम्ति नयाँ संविधानले उनीहरुलाई राज्यको सबै निकायमा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ । यस वर्ष सरकारले अपांगता भएका व्यक्तिहरुलाई राज्यका हरेक निकायमा समावेश गर्ने प्रतिवद्धतासहित यो दिवस मनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *