Saturday, January 18, 2025
Home > मुख्य समाचार > आज बालाचतुर्दशी, दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने दिन

आज बालाचतुर्दशी, दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने दिन


आज बाला चतुर्दशी, हिन्दू धर्मावलम्बीहरुले सतबीज छरेर वाला चतुर्दशि पर्व मनाउँदैछन् । काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा आज सप्तबीज छरी बाला चर्तुदशी पर्व मनाइन्छ । परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने गरिन्छ । सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूणर््ँ पाप नाश हुने जनविश्वास छ । हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहु, तोरी, मास, सानो केराउ, मुला, ज्यामिर, सखरखण्ड, पिडालु र हलेदोका टुक्रा छर्दै देवीदेवताका मन्दिर परिक्रमा गर्ने चलन छ । यसरी शतबीज छर्दा दिवंगत भएकाहरुकालागि खानेकुरा रोपिएको विश्वास गरिन्छ । शतबीजबाट उम्रेर आएको अन्न दिवंगत भएका आफन्तको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास छ । आजको दिन एक गेडा शतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *