Saturday, January 18, 2025
Home > मुख्य समाचार > आज पनि प्रधानन्यायाधिश नियुक्तीको सिफारिस हुन सकेन

आज पनि प्रधानन्यायाधिश नियुक्तीको सिफारिस हुन सकेन

काठमाडौ, २६ मंसिर । प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदले आज पनि प्रधानन्यायाधिश नियुक्तीको सिफारिस गर्न सकेन ।

प्रधानन्यायाधिश सिफारिस गर्ने योजनाका साथ बोलाइएको संवैधानिक परिषदको बुधबार बिहानको बैठक पनि प्रतिपक्ष दलका नेता देउवाले आउने सम्भावना नभएको जानकारी गराएपछि भोलि बिहान ९ बजे पुनः बस्ने गरी स्थगित गरिएको हो । प्रमुख प्रतिपक्ष दलका नेता देउवाले ढिला गरी बैठकमा आउन नसक्ने जानकारी गराएपछि आजको बैठक पनि भोलीसम्मका लागि स्थगित गरिएको राष्ट्रियसभाका अध्यक्ष एवम् परिषदका सदस्य गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । मंगलबार अपरान्ह बोलाइएको बैठक पनि प्रतिपक्ष दलका नेता देउवाले नभ्याएपछि स्थगित गरिएको थियो । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले भोली बस्ने बैठकले भने प्रधानन्यायाधिश सिफारिसका लागि आवश्यक निर्णय लिने विश्वास पनि व्यक्त गर्नुभयो । पार्टीको महासमिति बैठकको तयारीका कारण देउवा परिषदको बैठकमा उपस्थित हुन नसकेको उहाँको निजी सचिवालयले जनाएको छ । प्रधानन्यायाधिश रिक्त हुनु एक महिना अघि नयाँको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधिश ओमप्रकाश मिश्र उमेर हदका कारण पुस १७ गते अवकाश हुनुहुनेछ । परिषदको बैठकमा नयाँ प्रधानन्यायाधिशका लागि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिशद्धय दिपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम न्याय परिषदले पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *