Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > अष्ट्रेलियामा धुलोसहितको आँधीले जनजीवन कष्टकर

अष्ट्रेलियामा धुलोसहितको आँधीले जनजीवन कष्टकर

एजेन्सी । अष्ट्रेलियाको न्यू साउथ वेल्स क्षेत्रबाट सुरु भएको धुलोसहितको आँधीले सिड्नी आसपासको जनजीवन कष्टकर भएको छ ।

त्यहाँ सरकारी अधिकारीहरुले आज आएको आँधीले जनस्वास्थ्यमा नराम्रो असर पार्ने भन्दै सावधान अपनाउन आग्रह गरेका छन । ५ सय किलोमिटर चौडा धुलोसहित फैलिएको आँधीले सहर घेर्न थालेको र यसबाट सबैले सावधान अपनाउनुपर्ने उनीहरुले बताएका छन् । न्यू साउथ वेल्सका धेरैजसोे क्षेत्रमा यस आँधीको कारणले हेर्न नै मुश्किल भएको छ । मौसम अधिकारीहरुका अनुसार आँधीले सुख्खा माटो उडाएर ल्याएको छ । अगस्ट महिनादेखि न्यू साउथ वेल्स क्षेत्रको भित्री राज्यमा परेको खडेरीका कारण आएको आँधीले अष्ट्रेलियाको आकाशको रङ्ग नै बदलिएको छ । स्वास्थ्य अधिकारीहरुले स्थानीयलाई कोठाभित्रै बस्न सूचित गरेका छन् । विशेषगरी स्वासप्रश्वाससम्बन्धी समस्या भएका बालबालिका, वृद्ध तथा वयस्क सबैलाई आँधीबाट बच्न आग्रह गरेका छन् । अहिले त्यहाँको आकाशको रङ्ग पनि रातो देखिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *