Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > अर्थमन्त्री डा. खतिवडाको यस्तो आयो निर्देशन

अर्थमन्त्री डा. खतिवडाको यस्तो आयो निर्देशन

काठमाडौ, २० मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले परिषदबाट पारित गराएर मात्रै बजेट कार्यान्वयन गर्ने विधि र प्रक्रियाको पालना गर्न सम्बन्धित स्थानीय तहलाई सचेत गराउनु भएको छ ।

२८ वटा स्थानीय तहले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गरिरहेका बेला अर्थमन्त्री खतिवडाले विधि र प्रक्रिया अनुसार परिषद बैठकबाट पारित गरेर मात्रै बजेट कार्यान्वय गर्न सचेत गराउनु भएको हो । अर्थमन्त्री खतिवडाले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गर्ने स्थानीय तहलाई अनुदान सहायता उपलब्ध गराउन नसकिने चेतावनी पनि दिनु भयो । आज काठमाडौंमा आयोजित अन्तर सरकारी वित्त परिषदको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले विकास आयोजनाको कामलाई अघि बढाउने गरी संरचना निर्माणको काममा केन्द्रित हुन पनि प्रदेश र स्थानीय तहलाई आग्रह गर्नु भयो । अर्थमन्त्री खतिवडाले विकास निर्माणको कामलाई अघि बढाउन संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । प्रदेश मुख्यमन्त्री र अर्थ मन्त्रीहरु सहभागी रहेको परिषदको सो बैठकमा संघ र प्रदेश सरकारको हालसम्मको कामको पनि समिक्षा हुने अर्थ सचिव डा. राजन खनालले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *