Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > अमेरिकी सेनाको कारबाहीमा कम्तिमा ६२ जना लडाकूको मृत्यु

अमेरिकी सेनाको कारबाहीमा कम्तिमा ६२ जना लडाकूको मृत्यु

अमेरिकी सेनाले सोमालियामा गरेको कारबाहीमा कम्तिमा ६२ जना लडाकूको मृत्यु भएको छ । राजधानी मोगादिसुदेखि दक्षिणपश्चिमी क्षेत्रमा भएको आक्रमणमा अल–शबाबका लडाकुको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी सेनाले शनिबार गरिएको चारवटा हवाई हमलामा ३२ जना र आइतबार गरिएका दुईवटा हवाई हमलामा २८ जना लडाकूको मृत्यु भएको जनाएको छ । अमेरिकी सेनाले हमलामा सर्वसाधारण भने कोही पनि नपरेको दाबी गरेको छ । अमेरिकाले सन् २०१७ को नोभेम्बरदेखि सोमालियाका लडाकूविरुद्ध कारबाही चलाउँदै आएको छ । अहिलेसम्म कम्तिमा १ सय जना लडाकू मारिएको अमेरिकी सेनाले जनाएको छ । तर, ब्यूरो अफ इन्भेस्टिकेसन जर्नालिजमको तथ्यांक अनुसार सन २०१७ को सुरुदेखि हुन थालेको हमलामा कम्तिमा ४ सय मानिस मारिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन २०१७ मा अमेरिकी सेनालाई सोमालियाका चरमपन्थीविरुद्ध आक्रमण गर्न आदेश दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *