Saturday, January 18, 2025
Home > मुख्य समाचार > अब विराटनगरबाटै श्रम स्वीकृति

अब विराटनगरबाटै श्रम स्वीकृति

विराटनगर, २ पुस । वैदेशिक रोजगारका लागि विराटनगरबाटै श्रम स्वीकृति प्रदान गरिने भएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरबाट श्रम स्वीकृति प्रदान गर्नका लागि आवश्यक तयारी थालिएको हो ।

सातवटै प्रदेशमा श्रम तथा रोजागार कार्यालयमार्फत श्रम स्वीकृति दिने सरकारी कार्यक्रम र योजना अनुसार प्रदेश १ मा पहिलो कार्यालय सञ्चालनमा आउने भएको हो । परीक्षण अवधीकै रुपमा विराटनगरबाट श्रम स्वीकृतिको काम थाल्न कार्यालय सञ्चालनमा आउनेछ । श्रम तथा रोजागर कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेम सञ्जेलका अनुसार वैदेशिक रोजगारको श्रम स्वीकृति प्रदान गर्ने कार्यक्रम आगामी पुस ८ गतेदेखि औपचारिक शुभारम्भ गरिनेछ । श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले काठमाण्डौं बाहिर श्रम स्वीकृति प्रदान गर्ने पहिलो कार्यालय विराटनगरमा उद्घाटन गर्नुहुने अधिकृत सञ्जेलले जानकारी दिनुभयो । श्रम स्वीकृति प्रदान गर्नका लागि कार्यालयमा आवश्यक संरचना, प्राविधिक जनशक्ति र सामाग्रीको व्यवस्थापन भईरहेको छ । कार्यालयलाई पूर्ण सञ्चालनमा ल्याउन र सेवालाई प्रभावकारी बनाउनका लागि आँखा परीक्षणका लागि आईरिस मेशिन, पाँचथान कम्प्यूटर र इन्टरनेट, स्टीकर प्रिन्टर, फिङ्गर प्रिन्ट मेशिनको जरुरी छ । आवश्यक पर्ने सामाग्रीमध्ये हालसम्म आईरिस मेशिनको व्यवस्थापन भएपनि अन्य आवश्यक सामाग्री खरिद प्रक्रियामा रहेको अधिकृत सञ्जेलले बताउनुभयो । वैदेशिक रोजगार विभागको अनलाइन पद्धतिबाट व्यक्तिगत श्रम स्वीकृती वा पुनःश्रम स्वीकृति लिनका लागि फारम भरिसकेपछि कार्यालयले स्वीकृत प्रदान गर्ने प्रावधान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *