Saturday, January 18, 2025
Home > मुख्य समाचार > अबको ९ महिनामा कटहरीमा रेल

अबको ९ महिनामा कटहरीमा रेल

विराटनगर, ३ भदौ । नेपालमा रेल आउने र नेपाली भूमिमा गुडेको हेर्नलाई अब धेरै समय कुर्नु नपर्ने भएको छ । मोरङको कटहरीसम्म अबको ९ महिनाभित्र मालबाहक रेल आउने गरी लिक निर्माणको काम धमाधम भइरहेको छ । विराटनगरमा रेल आउला र ? त्यो सपनामै सीमित होला कि ? धेरैले गर्ने प्रश्न हो योे । तर, अबको ८–९ महिनाभित्रमा विराटनगरबासीले रेल कुदेको हेर्न पाउनेछन् । प्रारम्भिक चरणमा मालबाहक रेल आउनेछ । नेपालतर्फको ३ किलोमिटर क्षेत्रको मुआब्जा विवाद समाधान भए २०१९ मार्च महिनासम्ममा विराटनगरमा रेल आउनेछ । भारतीय निर्माण कम्पनी इर्कनले बथनाहा–कटहरी रेल्वे परियोजना निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । अहिले नेपालतर्फ धमाधम लिक विछ्याउने काम भइरहेको छ । ३ सय ७३ करोड भारतीय रुपैयाँको लगानीमा बन्ने रेलमार्ग भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर रहेको छ । निर्माणाधीन अवस्थामा रहेको एकीकृत भन्सार जाँच चौकी छेउमा भने आउँदो अक्टोबरसम्ममा रेल आउनेछ । उक्त स्थानमा अहिले धमाधम रेल स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बथनाहादेखि ८ किलोमिटर रेलको लिक विछ्याउने काम भइसकेको छ । जसमध्ये नेपालतर्फ ५ किलोमिटर लिक विछ्याइएको छ । गत मार्च मसान्तसम्ममा आयोजनाको रकममध्ये २ सय १३ करोड रकम खर्च भइसकेको छ भने ६० करोड बराबरको रकमको काम कटहरी स्टेशनको जग्गा विवादले रोकिएको छ । जग्गा विवाद समाधान हुनेवित्तिकै उक्त रकम खर्च गर्ने क्रम सुरु हुनेछ । भारत र नेपालको सीमा क्षेत्रको स्टेशनबाट कटहरीसम्म १० किलोमिटर जग्गामध्ये ३ किलोमिटर क्षेत्रमा काम हुन सकेको छैन । मुआब्जा विवाद समाधानको प्रयास भइरहेको नेपाल पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *