Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > अफगानिस्तानमा एक आत्मघाती हमलामा कम्तिमा २८ जनाको मृत्यु

अफगानिस्तानमा एक आत्मघाती हमलामा कम्तिमा २८ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित एक सरकारी कार्यालयमा भएको आत्मघाती हमलामा कम्तिमा २८ जनाको मृत्यु भएको छ । मारिनेमा प्रहरी अधिकारीसमेत परेका छन् । प्रहरीले गरेको जवाफी कारबाहीमा तीन जना आक्रमणकारीकोसमेत मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । काबुलस्थित नागरिक निर्माण (पब्लिक वक्र्स) मन्त्रालयको परिसरमा आत्मघाती हमला भएको हो । घटनामा २० जना घाइते भएका छन् । आत्मघाती हमलाकारीहरुले सबैभन्दा पहिला मन्त्रालयको प्रवेशद्वार नजिकै कार बम विस्फोट गराएका थिए । त्यसपछि बन्दुकधारीहरुले कार्यालयभित्रै पसेर गोली चलाएको अधिकारीहरुले जनाएका छन् । आत्मघाती हमला भएका बेला कार्यालयभित्र सयौं कर्मचारी रहेको बताइएको छ । उनीहरु कोही कार्यालयभित्रै लुकेका थिए भने कोही भागेका थिए । आक्रमणमा परेर मृत्यु भएका र घाइते भएकाहरुको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् । आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । यसअघि अफगानिस्तानमा यस्ता आक्रमणका घटना इस्लामिक स्टेट र तालिवानले गर्ने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *