Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > अपाङता भएका ब्यक्तिहरुको २७ औं अन्तर्राष्ट्रिय दिवस, प्रदेशस्तरिय बत्तृत्वकला प्रतियोगिता सम्पन्न

अपाङता भएका ब्यक्तिहरुको २७ औं अन्तर्राष्ट्रिय दिवस, प्रदेशस्तरिय बत्तृत्वकला प्रतियोगिता सम्पन्न

विराटनगर, २० मंसिर । अपाङता भएका ब्यक्तिहरुको २७ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा विराटनगरमा प्रदेशस्तरिय बत्तृmत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश एकको आयोजना र राष्ट्रिय अपाङ महासंघ प्रदेश कार्यालयको समन्वयमा भएको प्रतियोगितामा ८ जना अपाङता भएका माविस्तरिय विद्यार्थीहरु सहभागि भएका छन । प्रतियोगितामा कबिर माध्यमिक विद्यालय पथरी,मोरङका दृष्टिविहीन विद्यार्थी साकिर मोहम्मद प्रथम भएका छन । ९९ दशमलव५ अंकसहित प्रथम भएका साकिरले पुरस्कारस्वरुप ७ हजार र प्रमाणपत्र प्राप्त गरेका छन । यस्तै प्रतियोगितामा मधेशा,सुनसरीस्थित जनता माध्यमिक विद्यालयका बहुअपाङता भएका विद्यार्थी आदित्य आचार्यले ९७ दशमलव ५ अंक हासिल गरेर दोश्रो र धरान,सुनसरीस्थित ज्ञानचक्षु माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थी गगन आलेले ९७ प्रतिशत अंक हासिल गरेर तेश्रो स्थान हासिल गरेका छन । उनिहरुले पुरस्कार स्वरुप नगद ५ हजार र ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन । कार्यक्रममा प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले विजयी विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो । मन्त्री घिमिरेले प्रकृतिले प्रत्येक व्यक्तिलाई विशिष्ठ क्षमता दिएको बताउदै ब्यक्तिको कुनै एक अंग कमजोर भएकै आधारमा कमजोर ठान्ने सामाजिक मान्यता बदलिन आवश्यकता रहेको बताउनुभयो यसअघि आयोजित अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश एकका कानुन परामर्शदाता कोषराज न्यौपाने र सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले सहभागिलाई अपाङता भएका ब्यक्तिहरुको हकअधिकारका बिषयमा भएका कानुनी प्रावधानहरुको बिषयमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *