Saturday, January 18, 2025
Home > मुख्य समाचार > अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिग्रहण गर्नुपर्नेमा जोड

अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा अधिग्रहण गर्नुपर्नेमा जोड

विराटनगर, १६ पुष । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अविलम्व २५० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्धारा आज आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले विराटनगर विमानस्थलमा ३ हजार मिटरको धावनमार्ग बनाउनका लागि विमानस्थल पश्चिमतर्फ उचित मुआब्जा दिएर जग्गा अधिग्रहण गरिनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राईले विमानस्थलको विस्तार एवम् स्तरोन्नतिका लागि विमानस्थलको आवश्यक विववरण संकलन गरेको जानकारी दिनुहुंदै आगामी साता प्रधानमन्त्री र पर्यटनमन्त्रीसँग सो विषयमा छलफल गरी निर्णय गरिने बताउनुभयो । प्रदेश एकका आन्तरिक तथा कानुनमन्त्री हिक्मत कार्कीले विमानस्थलाई क्षेत्रीय अन्तरदेशीय विमानस्थलका रुपमा विस्तार गरी यात्रुहरुलाई आवश्यक सुविधा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक टेकनाथ सिटौला, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, उद्योग वाणिज्य कार्यालय प्रदेश एकका उपाध्यक्ष राजेन्द्र राउतलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । विक्रम सम्बत २०२५ साल असार ९ गतेबाट संचालनमा आएको विमानस्थल काठमाडौपछि ठूलो विमानस्थलका रुपमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *