Saturday, January 18, 2025
Home > मुख्य समाचार > अनुसन्धान नै प्रभावित हुने गरि समाचार सम्प्रेषण नगर्न समग्र संचार जगतलाई आग्रह

अनुसन्धान नै प्रभावित हुने गरि समाचार सम्प्रेषण नगर्न समग्र संचार जगतलाई आग्रह

काठमाडौं, ९ पुष । नेपाल प्रहरीले अनुसन्धान नै प्रभावित हुने गरि समाचार सम्प्रेषण नगर्न समग्र संचार जगतलाई आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अनुसन्धानको अन्तिम नतिजा नआउदै अनुमानका भरमा समाचार नबनाउन संचारकर्मीलाई आग्रह गर्नुभएको हो । निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरणका बारेमा संचारजगतमा आएका टिप्पणी प्रति इगित गर्दै उहाँले प्रतिशतका आधारमा अनुसन्धानलाई व्याख्या गर्न नसकिने बताउनुभयो । उहाँले निर्मला पन्तको हत्यारा पत्ता लगाउनका लागि प्रहरीको प्रयास जारी रहेको पनि स्पष्ट पार्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले प्रहरीसंगको विज्ञता को उच्च प्रयोग गर्दै अनुसन्धान जारी राखेको पनि उल्लेख गर्नुभयो । कतिपय घटनाको अनुसन्धानले लामो समय लिन सक्ने भन्दै उहाँले हतारमा नतिजा खोज्दा पन्त हत्याको अनुसन्धानमा कमजोरी भएको स्वीकार गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *