Saturday, January 18, 2025
Home > मुख्य समाचार > अदालतले रोक्का गरेको १५ लाख रकम पीडकले नै लगे

अदालतले रोक्का गरेको १५ लाख रकम पीडकले नै लगे

विराटनगर, २ पुस । लेनदेन मुद्धामा अदालतले रोक्का गरेको रकम रहस्यमय ढंगले प्रतिवादीले लगेको खुलासा भएको छ ।

लेनदेन मुद्दामा अदालतले रोक्का गरेको धरौटी बापतको १४ लाख ९१ हजार रुपैया जिल्ला अदालत मोरङका कर्मचारीको मिलेमतोमा प्रतिवादीले नै लगेका हुन् । विराटनगर–३ घर भएका केदार पराजुलीले आफू पराजित भएको मुद्दामा कर्मचारीसंग मिलेमतो गरी धरौटी बापत जम्मा गरेको रकम लिएर सम्पर्कविहीन भएको पीडितले आरोप लगाएका छन । मोरङको कर्सीयामा इटाभट्टा उद्योग सञ्चालन गरेका पराजुली लेनदेन विवादमा फसेपछि भारत भागेका थिए । रायमाझी र पराजुलीको मुद्दा किनारा लागेपछि बिष्णुमाया अधिकारी नेपालले केदार पराजुलीविरुद्ध लेनदेन मुद्दा दायर गरेकी थिइन् । अधिकारीले २०७४ फागुन २९ गते मुद्दा दायर गरेपछि जिल्ला अदालतका न्यायधिस नवराज दाहालको इजलासले फागुन ३० गते केदार पराजुलीको नाममा जम्मा गरिएको १४ लाख ९३ हजार ४ सय ८४ रुपैया रोक्का गर्न आदेश दिएको थियो । अदालतको आदेश लिएर लेखा साखा पुगेका बिष्णुमाया र उनका श्रीमान सेवन्तराज अधिकारी धरौटी बापतको रकम पराजुलीले फिर्ता लगेको थाहा पाएका थिए । जिल्लाको आदेश पछि रोक्का भएको रकम फिर्ता गराउन मंसिर ८ गते नै लेखा साखा र अभिलेख साखाले टिप्पणी तयार पारेका थिए । तर श्रेस्तेदार इश्वरमणी ओझाले भने मंसिर ११ गते मात्र रकम फिर्ता गर्ने टिप्पणी र आदेश दिएका थिए । श्रेस्तेदारले आदेश दिएपछि मंसिर १२ गते पराजुलीले धरौटी फिर्ता लिएका हुन् । सो बिषयमा प्रतिक्रिया दिनुहुंदै स्रेस्तेदार ओझाले सो बिषयमा लेखा र अभिलेख शाखालाई ७ दिने स्पष्टिकरण सोधिएको बताउनुभयो ।

लेखा र अभिलेख साखाबाट टिप्पणी उठेपछि आफूले धरौटी रकम फिर्ता गर्ने आदेश दिएको ओझाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *